नेपाल ६ विकेटले विजयी

काठमाडाैं | भदौ ५, २०८०

नेपाल ६ विकेटले विजयी

काठमाडौं:   नेपाली महिला क्रिकेट टोलीले चार देश सम्मिलित महिला टी-२० शृङ्खलामा हङकङलाई ६ विकेटले पराजित गरेको छ । 
 

मलेसियामा मंगलबार भएको सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । 


जितको लागि ८५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालको जितमा सम्झना खड्काले अविजित ३६ रन, पुजा महतोले १६, रुविना क्षेत्रीले १०, इन्दु बर्माले नौ र सीता रानामगरले अविजित तीन रन बनाईन् । 


बलिङमा हङकङका इक्रा सहर, मारिको हिल, बिबी मर्याम र का यिंग चानले एक एक विकेट लिईन् । यसअघि बायोमास ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले १९.१ ओभरमा सवै विकेटको क्षतिमा ८४ रन बनाएको थियो । हङकङको लागि का यिंग चानले सर्वाधिक ३४ रन बनाईन् । अन्य कुनै खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 


बलिङमा नेपालका सीता रानामगरले पाँच विकेट लिईन् । इन्दु बर्माले दुई तथा कविता कुँवर, पुजा महतो र रुविना क्षेत्रीले एक एक विकेट लिईन् । नेपालले दोस्रो खेल बुधबार कुवेतसँग र तेस्रो खेल शुक्रबार मलेसियासँग खेल्नेछ । शीर्ष दुई टोलीबिच शनिबार फाइनल खेल्नेछ । 


आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपालले मलेसिया, हङकङ र कुवेत सम्मिलित सिरिज खेलेको हो । नेपालले आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै खेल्नेछ ।


नेपाल रहेको समूह ‘ए’मा संयुक्त अरव इमिरेट्स (युएई), कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेको छ । 


नेपालले पहिलो खेल ३१ अगष्टमा मलेसिया, दोस्रो खेल सेप्टेम्बर १ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ३ मा भुटान, चौथो खेल सेप्टेम्बर ४ मा कतार र अन्तिम खेल सेप्टेम्बर ६ मा युएईसँग खेल्नेछ ।


समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप छनोट खेल्न पाउनेछन् । 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्